Tuesday, August 2, 2011

अब किरात फन्टको दुख हट्यो ।


जन्मथलो पाँचथर भई हाल विराटनगर राजवंशी चौंक निवासी क्याप्टेन जीवनध्वज राईद्वारा डिजाइन गरिएका किरात लिपिका विभिन्न प्रकारहरु प्रयोग गरी फाइदा उठाऔं । उहाँले नेपाली र अंग्रेजी लिपिका विभिन्न प्रकारका फन्टहरु पनि डिजाइन गरिसक्नु भएको छ । यद्यपि तिनलाई भने वहाँले सार्वजनिक गर्नु भएको छैन । तर किरात लिपि भने वहाँ विशेषगरी सन्तोष कुमार राई राम लावती र गणेश पुमा चिन्तनको अनुरोधमा बनाइदिनु भएको छ । 

पहिलै देखि प्रयोग गर्दै आएका फन्टहरु सिरिजंगा श्रीजंगा याक्थुङ आदि भन्दा विशेष डिजाइनको फन्ट हो यो । जसको फन्ट नाम उहाँले जेडीआर जेभाले दिनु भएको छ । यस फन्टमा लोप हुन लागेका किरात अक्षरहरुका साथै लिम्बू भाषामा प्रयोग नहुने तर राईहरुका विभिन्न भाषामा प्रयोग हुने अक्षरहरु जस्तै झ जस्ता अक्षरहरु पनि समावेश छन् । यसका अलावा किरात लिपिकै विभिन्न प्रकारहरु डिजाइनहरु उहाँले अथक प्रयास र मिहिनेत लगाएर बनाइरहनु भएको छ ।
              
ती फन्टहरु प्रयोग गर्नको लागि निम्न ठेगानामा इमेल गर्नुहोला ।

ganeshchintan@yahoo.com
pumacomputersbrt@gmail.com

Tuesday, June 14, 2011

नक्कली पे्रम अनैतिक यौन सम्बन्ध र यसको असर


- Ganesh Puma Chintan

भनिन्छ संसार प्रेममा अडिएको यसो सोच्दा हो पनि जस्तो लाग्छ तैपनि यो पंक्तिकारलाई कता कता शंका पनि लाग्छ त्यो शंका संसार प्रेममा अडिएको भन्नेमा होइन त्यो शंका हो आधुनिक जमानाको लोकतान्त्रिक प्रेममाथिको
प्रेम ! प्रेम !! प्रेम !!! यो शब्द सुन्दा जत्ति मीठो प्यारो उत्ति नै प्रयोग गर्न नजाने बुझ्न नसके तीतो घातक पनि बन्न सक्छ तैपनि यो शब्द युवाअवस्थाको प्यारो धेरै प्रयोग गरिने शब्द हो यही शब्द यसको असर कसैको बाँच्ने आधार बनेको हुन्छ भने त्यही कसैको मृत्युको कारण पनि बन्न पुग्छ यसरी एकै वस्तुले द्विअसर पुर्याउँछ भने यसमा यही वस्तुको कमजोरी या गलत कामको कारक यसैलाई भन्न मिल्दैन प्रेमले मानिसको जीवनमा खराब असल असर पुर्याउनको कारक तत्व स्वयं व्यक्ति बसोबास गर्ने समुदायको व्यवहार संस्कार हुने गर्छ व्यक्ति जन्मदै केही सिकेर आएको हुदैन उसले जन्मेदेखि मृत्युपर्यन्त जुन समाज समुदाय तथा रीतिसंस्कारको वीच आफ्नो जीवन परिचालन गर्दछ त्यही समाज समुदायको दास हुन पुग्दछ त्यहीको रहनसहन बानी व्यहोरा चालचलनले प्रभावित बन्न पुग्दछ
वर्तमान समयमा प्रेमलाई निकै सस्तो हल्का रुपमा हेरिने गरिएको यसले साँचो वास्तविक प्रेमलाई उपहास गरेको जस्तो देखिन्छ जस्तो तन्नेरी उमेरको उन्मादमा कुनै किशोर किशोरी वीच देखादेख हुने वित्तिकै भौतिक प्रेम मौलाउन थाल्दछ यो वास्तविक साँचो प्रेम कहलिदैन साँचो प्रेम कहलिनको लागि ती दुईको मन भावना व्यवहार संस्कार साटासाट गरिनु पर्दछ यसरी एकव्यक्तिको मन भावना व्यवहार संस्कार अर्को व्यक्ति चाहे समान िलंग पुरुष-पुरुष वीच वा स्त्री-स्त्री वीच वीच नै समान बन्न पुग्छ भने ती दुई वीचको प्रेम भने वास्तविक साँचो बन्न पुग्छ तर एकजना किशोर एकजना किशोरी वीच भौतिक रुपमा देखादेख हुने वित्तिकै स्फूर्त हुने प्रेम साँचो वा वास्तविक हुन सक्दैन त्यसरी एकपटक भेट भएपछि बारम्बार भेट हुँदै जानु पछि उनीहरुको मन भावना व्यवहार संस्कार मिल्न जान्छ भने त्यो प्रेमले त्यतिखेर वास्तविक प्रेम साँचो प्रेमको रुप लिन सक्छ तर सबैखाले भौतिक प्रेमले वास्तविक सच्चा प्रेमको रुप लिएको देख्न पाइदैन
प्रेमको नाममा आजभोलि युवा युवतीले रुप शारीरिक बनावटलाई प्राथमिकता दिएको पाइन्छ त्यतिमात्र होइन अझ पारिवारीक उच्च पृष्ठभूमि धनसम्पत्तिसँग प्रेम गरेको समेत प्रशस्त उदाहरणहरु देखिएका छन् त्यो भन्दा पनि अझ निच कि्रयाकलाप के देखिन्छ भने आफ्नो क्षणिक यौन चाहनालाई पूरा गर्नको लागि मात्र समेत प्रेम गरेको पाइन्छ यसलाई प्रेम नभनी प्रेमको नाटक भन्न सकिन्छ आजकल विभिन्न छापाहरुमार्फत विशेषतः पुरुषले स्त्रीको बलात्कार हत्या आदि गरेको समाचार पढ्न सुन्न पाइन्छ पुरुष या महिला एक पक्षले अपराध चिताएर निश्चित समयावधिको लागि भनी प्रेमको नाटक गर्छन् आफ्नो स्वार्थ पूरा भएपछि सो सम्बन्धले आफू अप्ठ्यारोमा पर्न सक्ने अवस्था आएपछि सो सम्बन्ध तोड्न खोज्छन् यसरी जोडिएको सम्बन्ध तोड्न अर्को पक्ष तत्पर नभए पछि हत्या सम्मको अपराध प्रथम पक्षले गर्न पछि पर्दैन विभिन्न होटल तथा लजहरुमा बेला बेला विशेषगरी युवतीहरुको हत्या तिनकै प्रेमीहरुबाट भएको घटनाहरु दोहोरिरहन्छन् यसको मुख्य कारण अचेलको गणतान्त्रिक प्रेम हो यहाँ गणतान्त्रिक भन्नुको शाब्दिक अर्थ खोज्नु भन्दा पनि हालको गणतान्त्रिक नेपालमा नेताहरुले जसरी नेपाल आमालाई बलात्कार गरी चिथोरी चिथोरी अस्मिता लुटिरहेका छन् त्यसैलाई इंगित गरिएको लोकतान्त्रिक नेपालमा जसरी नेपालका राजनैतिक दलका नेताहरुले जे गर्दा पनि जे बोल्दा पनि छुट नै पाएका छन् उसैगरी हालका युवायुवतीमा गल्ली गल्ली चौक चौकमा बेमौसमी प्रेमको ढ्याङ्ग्रो बजाउन छुट नै भएको देखिन्छ जुन भावी समाजको लागि अतुलनीय अपुरणीय घातक बन्न जान्छ
हुन सही सच्चा प्रेम गर्नु पाप होइन त्यो समाजको कलंक नै हो तर प्रेमको नाममा आजभोलि जे जस्तो प्रवृत्तिहरु आइरहेका छन् ती वास्तवमा सोचनीय नै बनेको प्रगतिशील समाजको लागि अग्रज युवाहरुको यी यस्ता अपाच्य व्यवहारहरुबाट आजका साना साना बालकहरु जो विस्तारै किशोर अवस्थमा प्रवेश गरिरहेका छन् उनीहरुको लागि गलत सन्देश बन्दै गएको ती किशोर अवस्थामा लागेका बालबालिकाहरुले अग्रज युवाहरुको व्यवहारबाट के मात्र सिक्दैछन् भने केटाले केटी साथी केटीले केटा साथी बनाई बजारको सडक सडकमा अंगालो मारी या कुममा कुम जोडी हिड्नु पर्दछ त्यति मात्र होइन शहरको चौक चौक वित्ता वित्तामा खुलेका साइबरहरुमा छिरेर चुम्वन साटासाट शारीरिक स्पर्शको अनुभव लिनु पर्दछ त्यति मात्र होइन पश्चिमी संस्कृतिको नक्कल गर्दै डेटिङ जाने नाममा कुनै पार्कको अपारदर्शी भित्ता भएको टहरो या सहरकै लजहरुमा छिरेर अनुचित अप्राकृतिक सम्बन्ध विस्तार गर्नु यी यस्ता गलत सिकाई उपलब्धी आफूभन्दा अग्रज युवायुवतीहरुको व्यवहारबाट आजका बालबालिका जो किशोरावस्थामा टेक्दैछन् सिकिरहेका छन् यसले भोलिको समाजलाई फोहोरी मात्र बनाउदैन तहसनहस समेत बनाउनेछ समाजको विकास गर्ने युवा जमात नै यी यस्ता अनैतिक सम्बन्ध अश्लील कि्रयाकलापमा फसे पछि समाजका राम्रा काम कसले गर्ने
उपरोक्त व्यवहार कि्रयाकलापबाट बढीजसो युवतीहरुलाई बढी घात हुने हुँदा उनीहरु बढी चनाखो बन्नु पर्ने देखिन्छ तर प्राकृतिक देन नै हो या के हो जत्तिसक्दो आफ्नो शरीर अरुको लागि आकर्षक बनाउनु पर्ने स्त्री जातिमा देखिन्छ नक्कली प्रेमको नमिठो झट्काले पुरुषलाई भन्दा स्त्रीलाई बढी दुख्ने बढी पीडादायी बन्ने तथा नैतिक दृष्टिकोणले पनि बढी सम्वेदनशील हुँदा हुँदै पनि आजकलका किशोरीहरु जत्ति सक्दो जिउलाई नङ्ग्याएर हिड्न चाहन्छन् गर्धनभन्दा तल जत्तिसक्दो धेरै तिघ्राभन्दा जत्तिसक्दो माथिसम्मको छाला सेतै देखियोस् भन्ने चाहना युवतीहरुमा देखिन्छ जसले युवाको मनलाई चुम्बकको विपरीत ध्रुवहरु आकर्षित भए झैं टासिन आउन् भन्ने धेय राखेका हुन्छन् यसरी जानी जानी सोह्र आना युवाहरुलाई आफूतिर आकर्षित गर्ने युवतीहरुको भोलिको जीवन त्यति नै अकल्पनीय बन्न पुग्छ युवतीहरुको लवाईबोलाई व्यवहारले युवाहरुलाई आकर्षण गर्छन् प्रायः युवाहरु प्रेमको नाटक गरेर मोजमस्ती गरौं भन्ने सोचाईका हुन्छन् त्यस्ताको हातमा युवतीहर परे पछि उनीहरुको मनभित्र उब्जेको प्रेममा विस्तारै तुषारापात हुन जान्छ कामकुरो विग्रीसकेपछि उनीहरुलाई आफू फँसेको थाहा पाउँछन् यो कुरो ती युवतीहरुले त्यतिखेर बुझ्छन् जत्तिखेर उनीहरु पछि फर्कने अवस्था नै हुदैन सबै बाटोहरु बन्द भैसकेको हुन्छ उनीहरुको सम्बन्ध सामान्य हाइहेल्लोबाट मोबाइलको घण्टौं कुराकानीसम्म विस्तार हुन्छ त्यसपछि त्यो सम्बन्ध डेटिङ देखि लज बुकिङसम्मको सम्बन्ध विस्तार हुन्छ बारम्बारको लज बुकिङले उनीहरुको प्रेमको व्याज युवतीको गर्भाशयमा हुर्किन थाल्छ अब यतिखेर केटीलाई थाहा हुन्छ कि आफ्नो प्रेमीले सक्कली प्रेम गरेको रहेछ वा मोजमस्ती लुट्न मात्र सो सम्बन्ध विस्तार गरेको हो भन्ने कुरा यदि केटाले केटीलाई सही प्रेम गरेको हो भने उनीहरु डेटिङको नाममा लज बुकिङको यात्रा तय नै गर्दैनन् किनभने जो सही साँचो विशिष्ट प्रेम गर्दछन् उनीहरुको सम्बन्धमा कहिल्यै यौन प्यासको तिर्खा लाग्दैन उनीहरुको मनमा कहिल्यै पनि यौनतृप्तिको भावना उत्पन्न हुदैन तर किशोरावस्थाको यौनिक उद्वेगबाट सुरु भएको प्रेमले यसरी लज बुकिङसम्मको यात्रा तय गर्दछ बारम्बारको लज बुकिङले उनीहरुको अपराध केटीको पेटमा हुर्कन थाले पछि छली प्रेमीहरु पछि हट्न थाल्छन् भेटघाट फोनकल क्रमशः घटाउदै लान्छन् अन्तमा बन्द समेत हुन्छ यसरी केटीको नजर पहुँच साथबाट नक्कली प्रेमीहरु टाढिए पछि ती दुईको अपराधको भागीदार स्वयं केटी बन्न पुग्छ क्षणभरको यौनिक उत्तेजनाले उसको जिन्दगीलाई जीवनमरणको दोसाधमा पुर्याइदिन्छ तब उसले आफूलाई धर्तीको भार भएर बाचिरहेको महसुस हुन थाल्छ उसको मनमा धर्तीको भार भएर के बाँचिरहनु भन्ने मानसिकता विकास हुन्छ यसखाले मानसिकता लम्बिन पायो भने एकदिन उनीहरु सलबाँधेर झुण्डिन्छन् वा पोखरीमा हाम फाल्छन् कति ठूला ठूला महलका सपनाहरु बोकेर सुरु भएको प्रेम सम्बन्ध अन्तमा समाज आफ्नै परिवारको समेत थुइक्क ! पाएर विलिन हुन पुग्दछ
अन्तमा सबै युवायुवती किशोर किशोरीहरुसँग के कुरा साट्न चाहन्छु भने तपाईलाई तपाईको उमेरले दिएको उद्वेगलाई थाम्ने कोशिश गर्नुहोस् युवा तथा किशोरहरु तपाईहरु कसैको अनुहारलाई प्रेम नगर्नुहोस् उसको आत्मालाई व्यवहारलाई सिद्धान्तलाई प्रेम गर्नुहोस् जुन प्रेममा यौन उत्तेजनाको एक कन्ची समेत पूर्वाग्रह नपरोस् प्रेमीका रोज्ने उमेर तपाईले स्नातकोत्तर पास गरेपछि सुरु हुन्छ अगाडि होइन अनि युवती तथा किशोरीहरुलाई पनि मेरो के सल्लाह भने तपाई कसैको शारीरिक बनावट धनलाई प्रेममा आकर्षण नगर्नुहोस् संसारको सबैभन्दा सुन्दर बनौं भन्ने आकांक्षा पनि नपाल्नुहोस् बरु सबै स्त्रीहरु भन्दा असल गुणवान उत्कृष्ठ युवती पछि सोही स्तरको गृहिणी वा महिला बन्छु भन्ने आकांक्षालाई विकास गर्नुहोस् राम्री बन्ने होडमा शरीरलाई नाङ्गै बनाएर सहरको गल्ली गल्ली चौकचौक नहिड्नुस् बरु त्यो समयमा तपाई संसारको अध्ययन गर्नुहोस् तपाईको प्रेम गर्ने उमेर सके स्नातकोत्तर पास गरेर नसके कम्तिमा स्नातक पास गरेर मात्र सुरु हुन्छ यो कुखुरे बैसमा होइन
प्रेम प्रसाद हो एक यौनतृप्तिको बाटो नसम्झ
प्रेम पवित्र सागर हो भ्यागुता क्वारक्वार्ने कुवा नसम्झ

Thursday, May 26, 2011

The First Puma Rai Fiction

The first Puma  Rai Fiction is published in 2068 B.S.

Writer: Ganesh Puma Chintan
Language: Puma Rai



Friday, April 15, 2011

गीत

                       चैतको महिना
                                                    2056 कात्तकि 2

चैतको महिना बतास चल्यो सुसायो पारिबन
भाग्यले खुसी खोसेर लग्यो रुवायो मेरोमन

एकलो जीवन बितार्इरहेछु धर्तीको भार भइ
सबैको आँखी भएर बाँच्छु ह ृदय जलाइ

ए दैब आफ्नो कोही नि छैन जलाउ अभmै मन
एक्लै जन्मे पहाडी गाउँमा आँशुको यो जीवन

रोङरुमै खोला बगेर गयो आफ्नै बाटो लिइ
आफ्नो त बाटो भत्केर गयो विरानो दैव भइ

जिन्दगी देखि हार खार्इ सके बेकार छ जीवन
परार्इ लाग्छ मलार्इ अब जन्मेको घरआँगन

गीत

                            आँखाभरि हिमाल
                                                                           2053 पौष 21

आँखाभरि हिमाल काखभरि नेपाल बनैभरि डाफेमुनाल
अबिरल रुपमा बग्ने त्यो नदी भmै वग्यो जीवन सलल

फुलैफुल्यो गुराँश लाग्छ मलार्इ उराठ जीवनमा दुखै दुख छ
मन भुल्यो बसन्तको हरियाली मुनामा मेरो आज यस्तै धुन छ

गार्इ चर्‍यो लेकैको हरियो त्यो चउरमा डुबेके छु म आफनै सूरमा
गीत गायो कार्इलीलेे भाखा थियो विरहमा अफनै रहरमा

नेपालको उत्तर हेर्दा सेतै चाँदी फुलेछ यो मनले संसार डुलेछ
तरार्इ हेर्दा ढपक्क ढाक्ने हरियो बनमा यो मन भुलेछ

गीत

                      गाउँको माया
                                          2053 मंसिर १६ गते आइतबार

बसाइँ जाने साथीलार्इ गाउको माया छैन कि
गाउको माया यो दु:खलार्इ नदिएको हैन कि
जन्मेको गाउघर छोडेर जान्छौ धेरै टाढा
रमाइलो गाउघर तिमीलार्इ माया छ मेरो गाढा
बसाइ जाने तातिलार्इ ˜˜

आकाशको जूनले भmै शीतलता दिएर
बाँच्नु छ पहाडी गाउँमा रगत पसिना पिएर
बसाइ जाने तातिलार्इ ˜

˜बसन्तको मुनालार्इ नदेखेर कोइलीले
फुलेको सुन्दर सायपत्री शरदसंगै ओइलिने
बसाइ जाने तातिलार्इ ˜˜

हातको ठेला पसिना हेर हामी छौ कति पौरखी
पातको शीत एक चित भएका छौं हामी
बसाइ जाने तातिलार्इ ˜˜

गीत

                     बलिदान
                                             2053 पौष 6 शनीबार
म हु एउटा नेपाली समाजमा बाँच्दछु 
नामै मेरो पौरखी परिश्रम गर्दछु ।

बिहानीको मिर्मिरेमा घामको न्यानो किरण्ा
पसिनामा डुबाउछु परिश्रमी जीवन ।

कोइली गाउने हरियाली मयुर नाच्ने बन
हरियाली बसन्तमा रमाउने यो मन ।

भmयाउरे गाउदै धाउदछु सधैभरि बनपाखा
रमाइलो लाग्छ है हिउचुलीको काख ।

गाउको माया राख्दछु छाती भित्र मुटुमा
रगत अनि पसिनालार्इ भिजाउछु यै माटोमा ।

देशको खातिर आफुले बलिदान दिन्ाुछ
आखिर जीवन अन्त्य पछि यै माटोमा मिल्नु छ ।

Tuesday, December 15, 2009